
हरेक दिन कुकुर तिहार।
On Kukur Tihar, Nepal honours dogs with garlands and good food. Let’s honour them each and every day, with love, food and care.
कुकुर तिहारमा हामी कुकुरलाई माला र मीठो खानेकुराले सम्मान गर्छौं। अब हरेक दिन माया, खाना र स्याहारले उनीहरूको सम्मान गरौं।
Nepal is the only country in the world where honouring dogs is part of a national festival, celebrated by Nepali communities in Darjeeling and Sikkim. Now let’s show we truly love them, each and every day.कुकुरलाई सम्मान गर्ने राष्ट्रिय चाड भएको नेपाल संसारकै एक मात्र देश हो, जुन चाड दार्जिलिङ र सिक्किमका नेपालीहरूले पनि मनाउँछन्। अब हामी उनीहरूलाई साँच्चै माया गर्छौं भनेर हरेक दिन देखाऔं।
Three taps. The app records where; name, age and health are optional. It works without internet and uploads later.
Every dog gets a record. When several people photograph the same dog, it becomes one dog with a history. See the map.
Dogs that are hurt, sick or hit by a vehicle are flagged, and the nearest vet or shelter is one tap away. Find help.
GoFundMe in the US and a local non-profit bank account in Nepal, so anyone, anywhere can contribute.
अमेरिकामा GoFundMe र नेपालमा गैरनाफामूलक संस्थाको बैंक खाता, जहाँबाट जो कोहीले पनि सहयोग गर्न सक्छन्।
Every donation and every expense will be shown on this site, as it happens. Nothing hidden.
हरेक दान र हरेक खर्च यही वेबसाइटमा देखाइनेछ। केही लुकाइँदैन।
A governing body will fund local animal welfare centres and societies based on the quality of their care and their proposals.
सञ्चालक समितिले सेवाको गुणस्तर र प्रस्तावका आधारमा स्थानीय पशु कल्याण केन्द्र र संस्थालाई रकम दिनेछ।
Every penny goes to the care of dogs. Nothing wasted, nothing kept aside.एक-एक पैसा कुकुरको हेरचाहमै खर्च हुनेछ। केही खेर जाँदैन, केही बचाएर राखिँदैन।
Donations open soon. The links will appear right here. दान छिट्टै खुल्नेछ, लिङ्क यहीँ आउनेछ।
A free app to count every street dog in Nepal on one shared map, and to connect dogs that need help with the vets, shelters and people who can help.
नेपालका हरेक सडक कुकुरलाई एउटै साझा नक्सामा गन्ने र मद्दत चाहिने कुकुरलाई पशु चिकित्सक, आश्रय र मद्दत गर्न सक्ने मानिससँग जोड्ने निःशुल्क एप।
Completely free, no ads. No sign-up: open the app and snap. Adding your name is optional.
पूरै निःशुल्क, विज्ञापन छैन। दर्ता चाहिँदैन: एप खोल्नुहोस् र फोटो खिच्नुहोस्। नाम राख्नु ऐच्छिक हो।
The photo and the place go on the map. Volunteers, NGOs and municipalities use the count to plan feeding, vaccination and sterilisation. If the dog is hurt or sick, it’s flagged so help can reach it.
फोटो र ठाउँ नक्सामा देखिन्छ। स्वयंसेवक, संस्था र नगरपालिकाले यो गणना खाना, खोप र बन्ध्याकरणको योजनामा प्रयोग गर्छन्। कुकुर घाइते वा बिरामी भए मद्दत पुगोस् भनेर चिन्ह लगाइन्छ।
No. It only records where a dog was photographed, when you save it. Nothing runs in the background. See the privacy policy.
गर्दैन। फोटो सेभ गर्दा कुकुर कहाँ थियो भन्ने मात्र राख्छ। पृष्ठभूमिमा केही चल्दैन।
The app asks “Is this the same dog?” when a known dog is nearby, and volunteers merge any duplicates, so each dog is counted once, with a history.
नजिकै चिनिएको कुकुर भए एपले “यो उही कुकुर हो?” भनेर सोध्छ, र स्वयंसेवकले दोहोरिएका रेकर्ड मिलाउँछन्। यसरी हरेक कुकुर एक पटक मात्र गनिन्छ।
Open Find help for the nearest vet, shelter or rescue group and call them. In the app, report the dog so volunteers see it.
नजिकको पशु चिकित्सक, आश्रय वा उद्धार समूह खोजेर फोन गर्नुहोस्। एपमा कुकुरको खबर गर्नुहोस् ताकि स्वयंसेवकले देखून्।
Register on Offer help (or in the app). A volunteer checks it, then it’s listed. Tell us if you treat dogs in need for free or at low cost.
“मद्दत गर्नुहोस्” मा दर्ता गर्नुहोस्। स्वयंसेवकले जाँचेपछि सूचीमा आउँछ। सडक कुकुरलाई निःशुल्क वा सस्तोमा उपचार गर्नुहुन्छ भने बताउनुहोस्।
Yes. Register on Offer help and volunteers will get in touch. Your details stay private. To give money, see how donations will work.
सक्नुहुन्छ। “मद्दत गर्नुहोस्” मा दर्ता गर्नुहोस्, स्वयंसेवकले सम्पर्क गर्नेछन्। तपाईंको विवरण गोप्य रहन्छ। आर्थिक सहयोगबारे तलको प्रश्न हेर्नुहोस्।
We will raise money through GoFundMe in the US and a local non-profit bank account in Nepal, and make it easy for anyone to give. Every donation in these accounts will be public and always shown on this site. The money raised will go to local animal welfare centres and societies, chosen by a governing body based on the quality of their work and their proposals. Every penny goes to the care of dogs. Nothing wasted, nothing kept aside, and we will show exactly where it went.
अमेरिकामा GoFundMe र नेपालमा स्थानीय गैरनाफामूलक संस्थाको बैंक खातामार्फत रकम संकलन गरिनेछ, र जो कोहीलाई पनि सजिलै दान गर्न मिल्ने बनाइनेछ। खातामा आएको हरेक रकम सार्वजनिक हुनेछ र सधैं यही वेबसाइटमा देखाइनेछ। संकलित रकम स्थानीय पशु कल्याण केन्द्र तथा संस्थाहरूलाई उनीहरूको सेवाको गुणस्तर र प्रस्तावका आधारमा दिइनेछ, जसको निर्णय एउटा सञ्चालक समितिले गर्नेछ। एक-एक पैसा कुकुरको हेरचाहमै खर्च हुनेछ। केही पनि खेर जाँदैन, केही पनि बचाएर राखिँदैन, र पैसा कहाँ गयो भन्ने हामी स्पष्ट देखाउनेछौं।